‘पैसा बैंकमै छ, ऋणको माग छैन’
आर्थिक परिवेश संवाददाताकाठमाडौं । बैंकमा लगानीयोग्य रकम पर्याप्त अर्थात् २ खर्बभन्दा बढी रहेको तर उच्च ब्याजदरले ऋणको माग नै नरहेको सरोकारवालाहरूले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिटको दोस्रो सत्र ‘पैसा खोइ रु’ मा बोल्दै राष्ट्र बैंकका गभर्नर तथा बैंकरले यस्तो बताएका हुन् । गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा पर्याप्त पैसा जम्मा भइसकेको बताए । ‘५० अर्बको उत्पादनमूलक प्रोजेक्ट योजना लिएर आउने हो भने पनि चिन्ता नगर्नुस्’ उनले भने, ‘हामीसँग स्रोत छ, तर तपाईंहरू (निजी क्षेत्र) को प्रोजेक्ट कार्यान्वयन गर्ने प्रतिबद्धता चाहियो, बैंकलाई अनुकूल प्रोजेक्ट हुनुपर्यो ।’ कार्यक्रममा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले ऋणको माग नै यतिबेला कम रहेको स्पष्ट पारे । एकातिर कर्जाको माग…
साहुजीहरुले आवश्यकताभन्दा बढी ऋण लिइसके : गभर्नर
आर्थिक परिवेश संवाददाताकाठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट आवश्यकता र चाहिनेभन्दा बढी ऋण लिइसकेको बताउनुभएको छ । उहाँले सोही कारण ती संस्थामा ऋणको माग धेरै नभएको उल्लेख गरेका छन् । काठमाडौंमा आयोजित इकोनोमिक समिटमा बोल्दै उहाँले मुलुक आर्थिक मन्दीमा नरहेको बताए । ‘देश आर्थिक रुपमा शिथिल जस्तै भएको छ, तर मन्दी होइन,’ गभर्नर अधिकारीको भनाई छ । सरकारले विकास खर्च बढाउन सुझाव दिँदै उनले हालको अवस्थामा बैंकहरुको खराब कर्जा बढ्नु अस्वाभाविक नरहेको प्रष्ट पारेका छन् । यता उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदरका कारण ऋणको किस्ता तिर्न नसकिने अवस्थामा पुगेको…
एमाले अध्यक्ष केपी ओलीलाई गृहजिल्लामा कालाे झण्डा र ढुंगा प्रहार
आर्थिक परिवेश संवाददाताकाठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा कोशी नाम खारेज गर्दै पहिचानको आधारमा नामकरण गर्न माग गर्ने समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएका छन् । एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जाने क्रममा उनलाई कालोझण्डा देखाइएको हो । ओली कार्यक्रमस्थलतर्फ जाने क्रममा कालो झण्डा देखाउँदै पहिचान पक्षधरले ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीहरुको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएकोजिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । ओली बुद्धशान्तिस्थित रामजानकी मन्दिरमा कार्यकर्ता भेटघाटको…
सन्दर्भः २४ औं मनमोहन अधिकारी स्मृति दिवस
मनाेज भट्टराईनेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन मनमोहन अधिकारी । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य रहेका थएि । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे । २०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएर गिराएको थियो । अत्यतै लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने…
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको तयारी
आर्थिक परिवेश संवाददाताकाठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माघ २२ गते सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिएको रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो। चितवन-२ बाट निर्वाचित भएपछि रास्वपा सभापति रवि लामिछानेले मंगलबार संचारकर्मीसँग कुरा गर्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उनले सरकारको काम चित्त बुझ्दो नभएको भन्दै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका थिए। उपनिर्वाचन अघिसम्म सरकारलाई दिएको समर्थन कायम रहने बताएको रास्वपाले उपनिर्वाचन लगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । रास्वपा प्रवक्ता मुकुल ढकालले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताए। पार्टीभित्र सरकारलाई दिएको…

