साहुजीहरुले आवश्यकताभन्दा बढी ऋण लिइसके : गभर्नर

निकासखबर संवाददाता

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट आवश्यकता र चाहिनेभन्दा बढी ऋण लिइसकेको बताउनुभएको छ । उहाँले सोही कारण ती संस्थामा ऋणको माग धेरै नभएको उल्लेख गरेका छन् ।

काठमाडौंमा आयोजित इकोनोमिक समिटमा बोल्दै उहाँले मुलुक आर्थिक मन्दीमा नरहेको बताए । ‘देश आर्थिक रुपमा शिथिल जस्तै भएको छ, तर मन्दी होइन,’ गभर्नर अधिकारीको भनाई छ । सरकारले विकास खर्च बढाउन सुझाव दिँदै उनले हालको अवस्थामा बैंकहरुको खराब कर्जा बढ्नु अस्वाभाविक नरहेको प्रष्ट पारेका छन् ।

यता उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजदरका कारण ऋणको किस्ता तिर्न नसकिने अवस्थामा पुगेको बताउँदै आएका छन् । उनीहरुको एउटै तर्क ब्याजदर घटाउनुपर्ने रहेको छ । तर, ब्याजदर खुल्ला बजार अर्थतन्त्रमा अन्य वस्तु र उत्पादनको झैँ माग र आपूर्तिको सिद्धान्तबाट निर्धारण हुने गर्छ ।

मा प्रकाशित