सर्वोच्चको आदेश बाघदरबारमा, बालेन भन्छन्– ‘आदेशको परिपालना गर्न प्रतिबद्ध छौँ’
आर्थिक परिवेश संवाददाता

काठमाडौं । सर्वोच्च अदालले सिंहदरबारको फोहोर तत्काल उठाउन गरेको अन्तरिम आदेश काठमाडौं महानरपालिकाले प्राप्त गरेका छ । सर्वोच्चको उक्त आदेश काठमाडौं महानरले आज ९सोमबार० प्राप्त गरेको हो । आदेशको पालना गर्न आफूहरु प्रतिबद्ध रहेको महानर प्रमुख बालेन्द्र शाहले बताएका छन् । ‘सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ,’– बालेनले लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता…

कांग्रेसको गढ तनहुँमा वाग्लेको लोकप्रिय मत
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि तीन क्षेत्रमा आइतबार भएको उपनिर्वाचनको नतिजा आउनेक्रम जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरूवाती अग्रता फराकिलो बनाउँदै लगेका छन् । दिउँसो १ बजे सम्मको मतपरिणाम आउँदासम्म वाग्ले १२ हजार ७०५ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ७ हजार ६४७ मतसहित पछ्याईरहेका छन् । यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । वाग्ले निकटतम प्रतिद्वन्द्वीभन्दा ५ हजार ५८ मतान्तरले अगाडि छन् । एमालेका उम्मेदवारले पाएको भन्दा उनी ८ हजार ४८५ ले बढी हो । मतपरिणाम हेर्दा वाग्लेका…

तनहुँ १ उपनिर्वाचनः १३ हजार मत गन्दा वाग्लेले कटाए सात हजार मत
आर्थिक परिवेश संवाददाता

काठमाडौं । आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ७ः४५ बजेसम्म १३ हजार ६५ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको…

धरानमा खानेपानीको हाहाकार
आर्थिक परिवेश संवाददाता

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदानबाट नगरवासीलाई पानीको अभाव हुन नदिएको दावी गरेपनि अहिले धरानका प्रायः वडाहरूमा खानेपानीको चरम् अभाव भएको देखिएको छ । धेरै वडाका स्थानीयले हप्तौंदेखि पानी नआएको बताएका छन् । धरान–११ स्थित ऐश्वर्य मार्गका दिलकुमार भूजेलका अनुसार चैतदेखि नै पर्याप्त मात्रामा पानी आएको छैन । वैशाखदेखि त झनै पानी आउन छाडेको स्थानीय बताउँछन् । पानीको चरम् अभाव भएकोले साथीभाइको शौचालय धाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । धरान–७ शान्तिपथका स्थानीयको धारामा १० दिनदेखि पानी झरेको छैन । पानी नझरेपछि स्थानीयहरू पानी किनेर प्रयोग गर्न बाध्य छन् । धरान–७ का स्थानीय विमल श्रेष्ठले पानी नआएपछि…

कम्युनिष्ट पार्टी स्थापना दिवशः
शिवप्रसाद ढुंगाना

ओखलढुंगा । वाम बुद्धिजीवि तथा विष्लेषक श्याम श्रेष्ठ र लोककृष्ण भट्टराईले नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्ने आधार रहेका बताएका छन् । विष्लेषकद्वय भट्टराई र श्रेष्ठले जनमत कम्युनिष्ट पार्टीहरुको धेरै रहेको अवस्थामा शासन सत्तामा भने गैर कम्युनिष्टहरुको हालीमुहाली हुनु मुलुकको हितमा नभएको उनीहरुको ठहर छ । कम्युनिष्ट पार्टी स्थापनाको ७४ वर्ष पुगेको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान र नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको विचार गोष्ठीमा उनीहरुले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अवस्था नरहेका न्यूनतम साझा समाजवादी कार्यक्रम तयार पारेर कम्युनिष्ट महासंघ निर्माण गर्न सकिने बताएका हुन् । एउटै पार्टी वा महासंघमा अटाउन नसकिएमा देशमा दुईवटा मात्रै कम्युनिष्ट पार्टी बनाउनु…