आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै रविले मागे माफी
आर्थिक परिवेश संवाददाता

काठमाडौं । चितवन–२ मा रोकिएको मतदान सुचारु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर चितवन–२ को उपनिर्वाचनका उमेदवार रवि लामीछानेले माफी मागे पछि मतदान सुचारु भएको हो। रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेर उनले माफी मागेका हुन् । माफी मागेर निर्वाचन आयोग पठाउने सहमतिपछि मतदान सुचारु भएको हो । मतदान रोकिएपछि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि अवस्था सहज बनेको छ । नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो। चितवन–२ को…

तनहुँ १ खनाल र वाग्ले पनि मतदान गर्नबाट वञ्चित
आर्थिक परिवेश संवाददाता

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचनको मतदान जारी छ । तर, मुख्य प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले नै आफूलाई मतदान गर्न नपाउने भएका छन् । तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न नपाउने भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गर्ने बताइएको छ । गत २०७९ मंसिर ४ को निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।

यात्री मोटरसाइकल दर्ता गर्न प्रधानमन्त्रीले दिए निर्देशन
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्री लगायत नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता गर्ने कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका छन् । नेपालमा उत्पादन भएको यात्री मोटरसाइकलको दर्ता हुन नसकेको भन्ने तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदाश बैरागीलाई आवश्यक कानुनी व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘यात्रीलगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

बारा-२ मा चर्चामा रहेका यादव र खरेल दुबैले मतदान गर्न नपाउने
आर्थिक परिवेश संवाददाता

बारा । बारा-२ मा हुन गईरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये दुईले भने मतदान गर्न नपाउने भएका छन्। जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन्। जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन्। तर, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन्।

राज्यबाट लखेटिएकी कृष्णकुमारी परियार
निराजन पौडेल

काठमाडौं । कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय पनि महानगरले भत्काइदियो । बानेश्वर चोकको मुख्य सडकमा करोडौंको सम्पत्ति भएकी कृष्णकुमारी हाल अरूको घरमा शरण लिने अवस्थामा पुगेकी छन् । महानगरका मेयर बोलन शाहको ठाडो निर्देशनमा घर भत्किएपछि उनले सबै गुमाएकी छन् । ‘परिवार छिन्नभिन्न भए, सम्पत्तिको टुक्रो (जमिन) पनि मेयरको डोजरले खाइदियो,’ कृष्णकुमारीले भनिन् । महानगरले घर भत्किएपछि छोरा र बुहारी बिदेसिए । हातमा जग्गाको लालपुर्जा छ तर, साथमा जमिन छैन…