अबको दलित आन्दोलन हकअधिकार स्थापित गराउन
आर्थिक परिवेश संवाददाता

विराटनगर । संबिधान र कानुनमा प्राप्तभएको हकअधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले बताएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नु पर्नेमा जोड दिएका हुन् । मोरङको विराट चोकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसके पछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले  अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि…

तनहुँ-१ उपनिर्वाचन : मतदान सुरु
आर्थिक परिवेश संवाददाता

दमाैली। तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए। मतदान साँझ ५ बजेसम्म रहनेछ। निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे। नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका-११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ। नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको…

भारतीय प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की
आर्थिक परिवेश संवाददाता

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी ९बिजेपी०को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन् । पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन् । विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका दाबी गर्दै ती आरोपित व्यक्तिले आफूले कुनै पत्र नलेखेको दोहो¥याएका छन् । केन्द्रीय अनुसन्धान निकायका अधिकारीले अनुसन्धान जारी राखेका तथा थप विवरण खोजिरहेका छन्…

सत्ता गठबन्धनले संविधानको मर्म अनुसार चलेनः विश्वकर्मा
आर्थिक परिवेश संवाददाता

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनआन्दोलनबाट आएको परिवर्तनका उपलव्धिलाई उल्ट्याउने कोशिष भैरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनले संविधानको मर्म अनुसार ऐन कानुन निर्माणलाई प्राथमिकतामा नराखेको र सडकमा कतै अराजकतावादीहरुको पंक्ति र कतै राजावादीको पंक्ति अगाडि सारेर प्राप्त उपलव्धि उल्ट्याउने खेल भैरहेको बताएका हुन् । “सत्ता गठबन्धन संविधानको मर्म बमोजिम चलेको छैन, त्यस अनुरुपमा ऐन कानुन निर्माणमा सरकारको कुनै तदारुकता छैन”–उनले भने, “यसले प्राप्त उपलव्धि कमजोर हुने मात्र होइन सडकमा राजावादी र अराजकतावादी हावी…

हत्या आरोपमा श्रीमानश्रीमती छ महिनापछि पक्राउ
आर्थिक परिवेश संवाददाता

बारा । प्रेम गरेका प्रेमी हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले छ महिनापछि प्रविधिको प्रगोग गरी पक्राउ गरेको छ । हत्या गरेर भारत गइ फरार भएका दम्पतिलाई मोबाईल कनेक्सनको माध्यमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भन्ने महेश साहलाई गत मंसिर २७ गते राती ९ बजे बिश्रामपुर गाउँपालिका वडा नं.५ इटयाही टोलमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने बर्ष २४ को रामु भन्ने दिनेश महतो र उनकी श्रीमती रोशनीले हत्या गरेर फरार रहेका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए । फरार रहेका उनीहरुलाई…