हत्या आरोपमा श्रीमानश्रीमती छ महिनापछि पक्राउ

निकासखबर संवाददाता

बारा । प्रेम गरेका प्रेमी हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले छ महिनापछि प्रविधिको प्रगोग गरी पक्राउ गरेको छ । हत्या गरेर भारत गइ फरार भएका दम्पतिलाई मोबाईल कनेक्सनको माध्यमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भन्ने महेश साहलाई गत मंसिर २७ गते राती ९ बजे बिश्रामपुर गाउँपालिका वडा नं.५ इटयाही टोलमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने बर्ष २४ को रामु भन्ने दिनेश महतो र उनकी श्रीमती रोशनीले हत्या गरेर फरार रहेका प्रहरी उपरिक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

फरार रहेका उनीहरुलाई बारा प्रहरीले भारतको केरला कोचीबाट पक्राउ गरेको हो । तर प्रहरीले भने भारतीय सिमा क्षेत्रबाट पक्राउ गरेको बताएको छ । हत्या गरी परालको भुसमा शव लुकाएर दम्पती छ महिनादेखि फरार रहेका थिए । उनीहरुलाई मोबाईल कन्ट्याक र प्रविधिको प्रयोगले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटना नजिकै मृतकले कोठा भाडामा लिएको र कोठामा महतोको श्रीमती रोशनी महेश साहसँग प्रेममा परी आउजाउ गर्ने गरेको स्थानीयबाट सुराक पाएको प्रहरीले आमाको मोबाईल माध्यमबाट रोशनी र पति दिनेश केरलामा रहेको पत्ता लगाएको थियो ,

रोशनी र सुरज लिभिङ टुगेदरमा बस्ने गरेका थिए । उनीहरुलाई कोठामा साथमा भेटेपछि विवाद भई हत्या भएको प्रहरी उपरिक्षक बोगटीले बताए । रोशनीको एक छोरी छन् ।

पक्राउ परेका उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेबाट लागु हुने गरी दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मा प्रकाशित