अबको दलित आन्दोलन हकअधिकार स्थापित गराउन

निकासखबर संवाददाता

विराटनगर । संबिधान र कानुनमा प्राप्तभएको हकअधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले बताएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हकअधिकार प्राप्त भैसकेपनि व्यावहारमा लागू नभएकोले अब शसक्त्त आन्दोलन थाल्नु पर्नेमा जोड दिएका हुन् ।

मोरङको विराट चोकमा शनिवार सम्पन्न भेलामा बोल्दै दलित मुक्त्ति मोर्चाका केन्द्रिय सहसंयोजक तेजबहादुर मिजारले सयौ बर्षदेखी जातिय विभेद र अनेकौ उत्पिडन भोगिरहेको दलित समुदायले संबिधान र कानुन निर्माण भैसके पछि समान अधिकार प्राप्त गरिसकेको तर व्यावहारमा कार्यान्वयन नहुँदा अझै न्यायको अनुभूति गर्न नसकेको बताए । यसैले उनले  अब दलितहरुले पहिले झै गुनासो र रोदन व्यक्त्त नगरि प्राप्त भएका हकअधिकार भोग गर्नका लागि संविधान र कानुनहरु कार्यान्व्यन गराउन लागिपर्नु पर्नेमा जोड दिए  । सहसंयोजक तेजबहादुरले भने, विभेद र उत्पिडनको जगमा भएको जनयुद्ध र जनआन्दोलनबाट समानअधिकार प्राप्त गरिसकेका छौ तर हामीअझै निमुखा बनिरहँदा व्यावहारमा हकभोग गर्न पाइरहेका छैनौ । यसैले अबको दलित आन्दोलनलाई हामीले प्राप्त हकअधिकार स्थापित गराउनका लागि गर्नुपर्छ ।’

दलित मुक्त्ति मोर्चा कोसी प्रदेश ईन्चार्ज  अनिता परियारले  दलितहरुको संघर्षकै बलमा जातिय छुवाछुत पनि दण्डनिय अपराध बनि सकेको र विभेद विरुद्धको चेतना पनि निर्माण भैसकेको बताईन् । उनले दलितको पक्षमा बनेका हक अधिकारहरु लिन नसकेमा फेरि पनि दलितहरुले विभेद र उत्पिडन भोगि रहन बाध्य भैरहनुपर्ने अवस्था सृजना हुने भन्दै समुदायलाई सचेत गराइन् । उनले घरघरका चुल्हो चुल्होमा पुगेको विभेद विरुद्धको बिकृत अशिक्षा हटाउन अब दलितहरुले घरघरबाट प्राप्त हकअधिकार स्थापित गराउनका लागि दलित आन्दोलन उठाउनु पर्नेमा जोड दिइन । ईन्चार्ज अनिताले भनिन र, हकअधिकार संबिधान र कानुनमा सुनिश्चत गराएर मात्रै हुदैन त्यसलाई हकभोग गर्न दाबेदारहरु आफै अग्रसर पनि हुनुपर्छ किनकी कसैको दया र मायाले अधिकार कार्यान्वयन हुदैन ।’

नेकपा माओवादीका बैकल्पिक केन्द्रिय सदस्य अरुणा सुन्दासले संविधान र कानुनले जातिय विभेद र छुवाछुतलाई दण्डनिय बनाए पनि अधिकार स्थापित नहुँदा व्यावहारमा अझै शिक्षितहरुले जातिय विभेद र छुवाछुत गरिरहन सफल भएको बताए । अझै सचेतहरुनै विभेद विरुद्धको आन्दोलनमा लागेका नायक राजेश हमालको फोटो जलाउने देखी पोष्टरै टाँसेर भोज आयोजनागर्ने अनि अन्तरजातिय विभेद गर्नेहरुको हत्यागर्ने गरेका प्रशस्त उदाहरण देखा परिहेको सुन्दासले सुनाए । नेता सुन्दासले भर्ने  हिजो मृत्यु पत्रमा सही गरेर जनयुद्धमा होमिए जस्तै प्राप्त भएका हकअधिकार लिन दलितहरु अब जुरमुराउनु पर्छ ।’

माओवादी केन्द्र मोरंङ ईन्चार्ज  कुशल लिम्बुले दलितहरुले वर्षौ देखीको अमानविय उत्पिडन विरुद्ध बन्दुक बोकेकै कारण जनयुद्ध सफल भएको र हक अधिकार प्राप्त हुन सकेको भन्दै अब व्यावहारमा लागु गराउन चुपचाप नबस्न दलितहरुलाई आग्रह गरे ।  माओबादी केन्द्र कोसी प्रदेश समितिका उपाध्यक्ष शिव कुमार डाँगीले  आन्दोलन शिथिल भएमा आफ्नै त्याग र बलिदानबाट प्राप्त भएको हक अधिकार भोग गर्नबाट दलितहरु बंचित हुदैजाने र फेरि छुवाछुत र विभेद पुस्तौ सम्म भोगि रहनुपर्ने अवस्था सृजना हुनसक्ने भएकोले दलितहरुले अधिकार स्थापित गराउने आन्दोलन थाल्न ढिलो गर्नु हुदैन भने । माओवादी केन्द्र मोरङका सचिव प्रकाश पौडेलले जनयुद्ध र जनआन्दोलनमा अग्रमोर्चामा रहेर रगत पसिना बनाए जस्तै प्राप्त हकअधिकार लिन दलितहरु जुर्मुराए मात्र न्यायको अनुभूति गर्न पाउने बताए ।

मा प्रकाशित