वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न प्रचण्डको अपिल
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ९ वैशाख, २०८० । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्। समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण वामपन्थी शक्तिलाई आग्रह गरेका छन् । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको लामो शृङ्खला एवं विभाजन र एकताका अनगिन्ती अनुभव हासिल गर्दै कम्युनिष्ट आन्दोलन आजको अवस्थामा आइपुगेको स्मरण गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व र पहलकदमीमा भएको ऐतिहासिक सङ्घर्षकै परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र…

नेकपा स्थापना दिवसमा आज देशभर विभिन्न कार्यक्रम
आर्थिक परिवेश संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसको अवसरमा नेपालका कम्युनिस्ट दलहरूले विभिन्न कार्यक्रम गर्दैछन् । सन् १९४९ मा आजकै दिन अर्थात् २२ अप्रिलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टीलगायत दलले विभिन्न कार्यक्रम गरी कम्युनिस्ट आन्दोलनको समीक्षासँगै पार्टी संस्थापकहरूको सम्झना गर्दैछन् । एमालेले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १ बजे विशेष कार्यक्रम राखेको छ । प्रमुख अतिथिका रूपमा पार्टी अध्यक्ष केपी ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि काठमाडौंसहित विभिन्न जिल्लामा कार्यक्रम गर्दैछ । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य,…

खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु
आर्थिक परिवेश संवाददाता

खोटाङ । खोटाङमा गाडीबाट खसेर शुक्रबार राति एक जनाको मृत्यु भएको छ । दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेर जन्तेढुङ्गा३ का ३८ वर्षीय दिनेश राईको मृत्यु भएको हो । राति खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङले बताए ।

कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी
आर्थिक परिवेश संवाददाता

काठमाडौं। वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन्। उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि रु सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ। दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक रु एक लाख कमाइ हुने लोभ देखाएका थिए। पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको…

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
आर्थिक परिवेश संवाददाता

काठमाडौं। प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।