काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठसहित)
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार राष्ट्रिय सभा गृहमा महानगरको २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन् । यस अन्तर्गत चालुतर्फ रु.८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन…

समाजवादी मोर्चा घोषणा आज नहुने
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १ असार । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ। आन्तरिक तयारी नपुगेको भन्दै आजका लागि तोकिएको मोर्चा गठनको घोषणा पछि धकेलिएको छ । असार १ गते समाजवादी मोर्चा घोषणा हुने भनिएपनि शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयले मोर्चा गठनको घोषणा नहुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । ‘सबै दलहरूको आन्तरिक तयारी नपुगेका कारण आज घोषणा हुने भनिएको समाजवादी मोर्चा घोषणा हुँदैन।’ बैठकपछि नेता खतिवडाले भने । बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम उपस्थित नै भएनन् । यसले गर्दा पनि औ‍पचारिक निर्णय हुन नसकेको उनको भनाई छ । नेता खतिवडाले बैठकमा मोर्चामा…

बल्छी ध्रुवे र राजु मास्टरसहित आठ जना पक्राउ
आर्थिक परिवेश संवाददाता

काठमाडौँ, ३२ जेठ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुवे’को भूमिका निर्वाह गरेर चर्चामा आएका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) तथा राजु पौडेल (राजु मास्टर) सहित प्रहरीले प्रहरीले पाँच जना कलाकार र तीन जना युट्यबर पक्राउ गरेको हो । अन्य पक्राउ पर्नेहरुमा भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेको छन् । त्यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई काठमाडांैको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले आफ्नो…

प्युठान जीप दुर्घटना : मृतकमध्ये ७ जनाकाे पहिचान खुल्यो
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ३० जेठ । प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये सात जनाकाे पहिचान खुलेको छ । एक जनाकाे भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास रहेका छन् । त्यस्तै दाङकै गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् । कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् ।…

परिवारकै कारण बाल श्रमिक बन्न बाध्य छन् : अभियान्ताहरु
पुष्पा महरा

काठमाडाैं,  जेठ २५ । समाजसेवा तथा मानवअधिकार संस्था ‘वुमन एन्ड चिल्ड्रेन इन सोशल सर्भिस एण्ड ह्युमन राइट्स’ (सिभिस) को तर्फबाट श्रमिक बालबालिकाका समस्या तथा त्यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘बालश्रम निवारणका सम्बन्धमा नेपालको लक्ष्य, प्रगति र चनौती विशेयक’ प्यानल छलफल कार्यक्रममा सहभागीहरुले बालश्रम न्यूनीकरण तथा बालअधिकारका बारेमा अगामी दिनहरुमा कसरी जाने भनेर छलफल गरेका छन् । नेपालमा आज पनि बालश्रमिकको संख्या उल्लेख्य रहेको र धेरै श्रमिक बालबालिका आफ्नो कार्यक्षेत्रमा अमानवीय हिंसाको सिकार भएप्रति सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् । बाल श्रमविरुद्ध कानुनहरु निर्माण भएपनि त्यो कार्यान्वयन हुन नसक्दा अझै पनि बालश्रमिकहरुको…