काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठसहित)

निकासखबर संवाददाता

काठमाडौं, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार राष्ट्रिय सभा गृहमा महानगरको २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन् ।

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन् ।

यस अन्तर्गत चालुतर्फ रु.८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ रु. १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत हुन आउँछ ।

बजेटकाे पूर्णपाठ

मा प्रकाशित