प्युठान जीप दुर्घटना : मृतकमध्ये ७ जनाकाे पहिचान खुल्यो

निकासखबर संवाददाता

काठमाडौं, ३० जेठ । प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये सात जनाकाे पहिचान खुलेको छ । एक जनाकाे भने पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास रहेका छन् । त्यस्तै दाङकै गढवा गाउँपालिका वडा नं. ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् । कार चालक लमही नगरपालिका–५ का ४९ वर्षीय तारा कुमाल रहेका छन् । त्यस्तै अर्का एक बालकको भने पहिचान खुल्न बाँकी छ।

डिएसपी खड्काका अनुसार कार माथिल्लो सडकबाट खसेर तल्लो कालोपत्रे भइरहेको सडकमा बजारिएको थियो । कार करिब ४५ मिटर तल खसेको थियो ।

तीव्र गतिको कार घुम्तिमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । स्वर्गद्वारी दर्शन गरेर फर्किने क्रममा लु १ च ६३४५ नम्बरको जीप स्वर्गद्वारी नपा–४ उपल्लो भिङ्रीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा आठ जनाको ज्यान गएको छ ।

 

मा प्रकाशित