माघ १ काे संक्रमणदर ३२ प्रतिशत : १४५५६ को परीक्षण, ४६३६ मा कोरोना !
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १ माघ । अघिल्ला दिनहरुको तुलनामा शनिबार नेपालमा कोरोनाभाइरसको संक्रमणदर निकै नै बढेको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो भनेको झण्डै ३२ प्रतिशत अर्थात् ३१.८४९ प्रतिशत हो । हिजो शुक्रबार २० हजार ५ सय ६० जनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यो भनेको २४।७४२ प्रतिशत थियो । तर, पछिल्लो २४ घन्टामै संक्रमणदर ७ प्रतिशत बढेको छ । पछिल्लो २४ घन्टामा पीसीआर परीक्षणबाट ३ हजार ७ सय ३ र एन्टिजेन परीक्षणबाट ९ सय ३३ जनामा…

केएमसीका सञ्चालकलाई सिंहदरबारभित्रै कालोमोसो
आर्थिक परिवेश संवाददाता

काठमाडाैं, ३० पुस । काठमाडौं मेडिकल कलेज (केएमसी) का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरूले सिंहदरबारभित्रै कालोमोसो दलिदिएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकबाट बाहिरिने क्रममा उनलाई विद्यार्थीले कालोमोसो दलिदिएका हुन् । कडा सुरक्षा घेराभित्र रहेको सिंहदरबारको मुख्य भागमा अवस्थित मन्त्रालय परिसरमै पाँच जना विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) सम्बद्ध अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई प्रहरीले पक्राउ गरेको छ । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘सुनिल शर्मालाई कालोमोसो दलेका छौं,’ पराजुलीले भने– ‘हाम्रो संगठनका उपमहासचिव महेश…

माओवादी केन्द्रकाे महाधिवेशनमा पारित समसामयिक प्रस्ताव (पूर्णपाठ)
आर्थिक परिवेश संवाददाता

काठमाडौं, १९ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं रािष्ट्रिय महाधिवेशनले ४५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । राष्ट्रिय राजनीति, जनवीविका र राष्ट्रियताका विषयसँग सम्बन्धित सो प्रस्ताव पारित भएसँगै केन्द्रीय कमिटीको नामावली स्वीकृत गरेर महाधिवेशन पनि सम्पन्न भएको छ । यस्तो छ समसामयिक प्रस्तावको पूर्णपाठ– महान् जनयुद्ध तथा बिभिन्न कालखण्डमा भएका जनआन्दोलनमा शहादत प्राप्त गर्ने महान् वीर शहीदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित शहीद, वेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी तथा यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक नमन व्यक्त गर्दै यो आठौं राष्ट्रिय महाधिवेशनबाट निम्न प्रस्तावहरु पारित गर्दछ । १. एक्काइसौँ शताब्दीको ठूलो मानवीय संकट तथा चुनौतीको रुपमा देखा परेको कोभिड १९…

कोरोना अपडेट : २४ घन्टामै ३०७५ मा संक्रमण, २ को मृत्यु
आर्थिक परिवेश संवाददाता

पछिल्लो २४ घन्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा यो संख्यामा संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यतिबेला देशभर ११ हजार ६ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।