संघीय संसदमा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)
आर्थिक परिवेश संवाददाताराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । उनले नेपालको संविधानको धारा ९५ को उपधारा (२) वमोजिम सङ्घीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । यस्तो छ राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ– प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय सदस्यहरू, १. भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभा र प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिँदै नेपाल र नेपालीको विकासका लागि यहाँहरूको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। सङ्घ तथा प्रदेश…
कुवेतमा बेचिइन् दुबई पुर्याइएकी किशोरी
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचना पाएपछि कुवेतस्थित नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको समेत उद्धार गर्ने प्रयास भइरहेको छ । भिजिट भिसामै मङ्सिर २६ मा दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकहरूमा पुर्याई जनही कम्तिमा पाँच लाख रुपैयाँमा बिक्री गरिएको खुलेको…
कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’ : सांसद्हरू नै अपराध काण्डमा
पत्रपत्रिका । काठमाडौं, २० माघ, २०७९ ।अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ । अदालतबाटै दोषी ठहर भई ‘फरार सूची’ मा रहेका अर्का सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित चौधरीलाई प्रहरीले कैलालीबाट बिहीबार पक्राउ गरेको हो । चौधरी ४…
सत्ता पक्षमै दुई धार !
पत्रपत्रिका । काठमाडौं, १९ माघ, २०७९ ।प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । सत्तारूढ दलमध्येकै एक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि संघीयताविरोधी अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विरूद्ध मन्त्रीहरूले जथाभावी बोल्न नपाउने भन्दै ‘बोल्दा ध्यान दिन’ र उक्त कुरा ‘स्पष्टीकरणको विषय बन्ने’ चेतावनी दिएका थिए । सो विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरूबीच ‘जुहारी’…
नेतृ शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधिमन्त्री
काठमाडौं, ०४ माघ, २०७९ । निकासखबर संवाददातानेकपा (माओवादी केन्द्र) बाट नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएर नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पद बहाली गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’ सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुवात गरेकी छन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता रहने उल्लेख गर्दै देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा…

