राष्ट्रिय भलिबल प्रतियोगिता : विभागीय टोलीको जित
काठमाडाैं, २५ पुस, २०७९ । निकासखबर संवाददाता

राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कर्भडहलमा आयोजित सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कर्भडहलामा सम्पन्न खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो जितसँगै पुलिस समूह ‘ए’ को विजेता र न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौथो सेट न्यु डामण्डले…

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वर्षामान पुन विजयी
काठमाडाैं, ६ मंसिर, २०७९ । निकासखबर संवाददाता

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् । यसअघि पनि विसं २०७४ को निर्वाचनमा समेत उनी सोही जिल्लाबाट निर्वाचित भएका थिए । संसदीय राजनीतिमा उनको यो तेस्रो पटकको जित हो । विसं २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा रोल्पाली नेता पुनले ललितपुर क्षेत्र नं १ बाट जित हासिल गरेका थिए । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुन सत्तारुढ गठबन्धनकोतर्फबाट साझा उम्मेदवारका रुपमा ४१ हजार ७ सय १४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त पाएका थिए । २५…

एमाले दाङमा पहिरो : बंगलाचुलीका सयभन्दा बढी नेता-कार्यकर्ताले पार्टी छाडे
आर्थिक परिवेश संवाददाता

दाङ, २४ कात्तिक । गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले) कमजोर बन्दै गएको छ। आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आए पनि एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन्। बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता-कार्यकर्ता गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए। एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन्। गठबन्धनले नै मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने भएकाले आफूहरू पनि गठबन्धन दलमा आबद्ध भएको नवप्रवेशीहरूले बताएका छन्। अब गठबन्धनका उम्मेदवारहरूलाई…

धान भित्र्याउने बेलासम्म नै लाग्दै लागेन बाला
स्याङ्जा, १४ कात्तिक, २०७९ । निकासखबर संवाददाता

धान पाकेर भित्र्याउने बेलासम्म पनि बोटमा दाना नलागेपछि जिल्लाका किसानमाझ चिन्ता फैलिएको छ । जिल्लाकै वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलाग्दा किसान निराश बनेका हुन् । विगत दुई वर्षदेखि स्थानीय एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ ल्याएरु लगाउँदै आएका कृषक टेकप्रसाद डुम्रेले अरु बेला उत्पादन राम्रो भए पनि यस वर्ष धानमा दानै नलागेको बताए । ‘विगतमा पनि यही धान लगाउँदै आएको थिएँ, यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी धान रोपेको हुँ के भयो–भयो’ उनले भने ‘पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।’ सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नलागेपछि मानो खाएर…

गोरखामा माओवादी अध्यक्ष प्रचण्डसहित ५६ को उम्मेदवारी
गोरखा, २६ असाेज, २०७९ । निकासखबर संवाददाता

गण्डकी प्रदेशको गोरखा जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसहित निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेतको उम्मेदवारी रहेकाले गोरखालाई निकै महत्वका साथ हेरिएको छ । आगामी मंसिर ४ मा तय भएको निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा…