गोरखामा माओवादी अध्यक्ष प्रचण्डसहित ५६ को उम्मेदवारी

गोरखा, २६ असाेज, २०७९ । निकासखबर संवाददाता

गण्डकी प्रदेशको गोरखा जिल्लामा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारसहित निर्वाचन क्षेत्रमा ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेतको उम्मेदवारी रहेकाले गोरखालाई निकै महत्वका साथ हेरिएको छ ।

आगामी मंसिर ४ मा तय भएको निर्वाचनका लागि आइतबार भएको मनोयन दर्ता क्रममा गोरखा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा २३ जना र चार प्रदेशसभाका निर्वाचन क्षेत्रमा ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । प्रतिनिधिसभाअन्तर्गत गोरखा क्षेत्र नं १ मा १० जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र बजगाईंको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्वभौत्तिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतको उम्मेदवारी परेको छ ।

गोरखामा जनता समाजवादी पार्टीबाट उत्तरबहादुर खड्का, राप्रपाबाट उदयप्रसाद भट्ट, मङ्गोल नेसनल अर्गनाइजेसनबाट देवबहादुर थापा र नेपाल सुशासन पार्टीबाट मीनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएको सूचना अधिकारी सुवेदीले जनाए । जसपाका रुपेश राना, नेपाल मजदुर किसान पार्टीका लीलाकुमारी बुढाथोकी र राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाय र विष्णु पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटका क्रममा माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा नेकपा एमालेका अब्दुस सलाम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी, राप्रपाका सुशील पन्त, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस (विपी)का टीकादत्त पोखरेल, नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, हाम्रो नेपाल पार्टीका प्रकाश थापा र मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सोही क्षेत्रमा विनोदकुमार गुरुङ, गणेश देवकोटा र कांग्रेस नेत्री डा माधवी पराजुली (भट्ट) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा तर्फ गोरखा क्षेत्र नं १ (क) मा सातजनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका कृष्ण धिताल, नेकपा एमालेका सुरेन्द्रबहादुर थापा, राप्रपाका सुदीप ढकाल, राप्रपा नेपालका हरिराम अर्याल, मङ्गोल नेसनल अर्गनाइजेसनका गङ्गाबहादुर राना, नेस्नलिष्ट पिपल्स पार्टीका बिष्णुबहादुर कुँवरसहित कांग्रेस निकट मानिएका रामशरण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता दर्ता गराएका छन् । यसैगरी क्षेत्र नं १ अन्र्तगत प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने, नेकपा एमालेका मोहन भट्टराई, एकीकृत समाजवादीका टेकराज भट्ट, नेस्नलिष्ट पिपल्स पार्टीका रामचन्द्र कुमाल, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर लामा, राप्रपा नेपालका सरिता देवकोटा, राप्रपाका सोमनाथ अधिकारीसहित माओवादी केन्द्रका युवानेता राजकुमार ढकाल र कांग्रेस नेता पूर्णबहादुर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता दिएका छन् ।

यस्तै गोरखा क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा (क) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा, नेकपा एमालेका राजु राना, नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी, नेमकिपाका बेलबहादुर बस्नेत, राप्रपाका राजेन्द्र शाह, मङ्गोलनेसनल अर्गनाइजेसनका विपीका बराम गुरुङ, राप्रपा नेपालका सुबोध बस्न्यात र हाम्रो नेपाल पार्टीका सरोज गिरीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेशसभाको यो क्षेत्रमा गण्डकी प्रदेशका ऊर्जामन्त्रीसमेत रहेका हरिशरण आचार्य र बिलबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नं २ को प्रदेशसभा (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे, नेकपा एमालेका वसन्तकुमार गुरुङ, राप्रपाका ठाकुरप्रसाद लामिछाने, राप्रपा नेपालका सफिदिन मियाँ र मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले तथा स्वतन्त्रतर्फ हरि पोखरेलले उम्मेदवारी दर्ता गराएको स्वतन्त्र निर्वाचन कार्यालयले उल्लेख गरेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित