कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

निकासखबर संवाददाता

काठमाडौं, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा बिहीबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

कोशी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गर्न प्रदेश प्रमुखले बोलाएका थिए ।

सांसदहरुको सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । कार्की झापा निर्वाचन क्षेत्र नं ५ ९क०बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो ।

 

 

मा प्रकाशित