सिआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन
आर्थिक परिवेश संवाददाताकाठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बालुवाटार स्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना सम्बन्धमा गरेको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले अनुसन्धान सुरु गरेको ५७ औँ दिनमा राय सहितको प्रतिवेदन बुझाएको हो । ललिता निवासको संगठित र कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान प्रतिवेदनसहित सक्कल र नक्कल फाइलहरु जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले बताए । प्रतिवेदन अनुसार २०४९ देखि २०७९ सालसम्म पाँच पटक गरी बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ । जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २…
३१ वर्षे अभिनेता ताम्राकारले गरे आत्महत्या
आर्थिक परिवेश संवाददाताकाठमाडौँ, २२ असार । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् । उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा घाटीमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेका हुन् । बुबा आमासँगै बस्दै आएका उनले घरमा कोही नभएका बेला झुन्डिएर आत्महत्या गरेका हुन् । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । बाबु र आमा साँझ कुनै पार्टीमा गएका बेला सारुकले आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी दिएका छन् । हाल छायांकनरत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत ३१ वर्षीय सारुक बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । उनले केही म्युजिक भिडियाेहरूमा समेत अभिनय गरेका छन् । ‘ईन्टु मिन्टु लण्डनमा’,…
छ महिनाभित्र नदी किनारमा रहेका सुकुम्वासीलाई हटाउन सरकारलाई निर्देशन
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० असार । काठमाडौं उपत्यकाभित्रका नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई आगामी छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । बागमती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले आगामी छ महिनाभित्र बागमती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका रहेका सुकुम्वासी बस्ती हटाउन सरकारलाई निर्देशन दिएका हुन् । समितिले काठमाडौं उपत्यकाका १८ नगरपालिकाबाट घरजग्गा पासबापत बागमती सभ्यता करका नाममा उठाइएको ०.५ प्रतिशत रकम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कोषमा जाने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको हो । बैठकमा सहरी विकास मन्त्री…
चर्चित गायक एवं अभिनेता रविन तामाङको निधन
आर्थिक परिवेश संवाददाताकाठमाडौं, २० असार । चर्चित रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठामा मंगलबार उनी मृत भेटिएको पारिवारिक स्रोतले बताएको छ । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको जानकारी दिएका छन् । पारिवारिक स्रोतले जानकारी दिएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेको थियो । भित्रबाट लक भएको ढोका प्रहरीले फोडेर हेर्दा उनी मृत भेटिएका थिए । घटनास्थलमा त्यस्तो शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । हाल रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । नेपाली रक…
समिक्षाको ‘म मर्छु तिमी बिना’ सार्वजनिक
आर्थिक परिवेश संवाददाताकाठमाडौं, १७ असार । गायिका समिक्षा अधिकारीको स्वरमा सजित ‘म मर्छु तिमी बिना’ सार्वजनिक भएको छ । शब्द, संगीत तथा भिडियो निर्देशनसमेत अशोक बिकको रहेको यस गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । २१ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् भने किरण थापाले रेकर्डिङ र मनोज ढंगोलले मिक्सिङ गरेका हुन् । गत बिहीबार युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएपछि दर्शक श्रोताहरुबाट राम्राे प्रतिक्रिया पाइरहेकाे निर्देशक बिकको भनाई छ । गीतमा नरेश बिर सिंहको कोरियोग्राफी, बासु नेपालीको छायांकन तथा पदम सुबेदीको सम्पादन रहेको छ । गीतको भिडियोमा एसराज गराज, रिचा थापा, सक्शी लम्साललगायतको अभिनय देख्न सकिन्छ ।

