धादिङको छहरा नजिकै यात्रुबाहक बस त्रिशुली नदीमा खस्यो
धादिङ, ६ भदौ २०८० ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकाको छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बिहान सबा ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, ६ भदौ २०८० ।

प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गरिने निर्णय सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । दुई दशकभन्दा बढी समय सांगीतिक क्षेत्रमा खर्चेका उनले सयौं जनवादी गीत गाएका छन् । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको थियो ।    

प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत
काठमाडौं, ६ भदौ २०८० ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्डले नेपालीे प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन त्यसतर्फ जाने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । प्रधानमन्त्री प्रचण्ड सहितको टोली आगामी भदौ ३० गते न्यूयोर्क प्रस्थान गर्नेछ ।  

नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा
चन्दा कार्की

चितवन, ५ भदाै, २०८० । नारायणगढ-मुग्लिन सडकखण्ड १७ घन्टापछि सञ्चालनमा आएको छ । सोमबार राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । इच्छाकामना- ६, चितवनस्थित टोपेखोलामा सुख्खा पहिरो खस्दा १७ घण्टासम्म बाटो अबरुद्ध भएको थियो । पहिरो पन्छाएर १ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका यातायात गन्तव्य तर्फ लाग्न शुरु गरेका छन् । कालिखोला नजिक पहिरोले सिङै डाडाँ नै सडकमा खस्दा झण्डै ५० मिटर सडक पुरिएको थियो । पहिरोका कारण गन्तव्यमा हिँडेका सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र…

सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला
आर्थिक परिवेश संवाददाता

काठमाडौं, ५ भदाै, २०८० । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ ८ गतेसम्मको…