प्रधानमन्त्रीले संसद्‍मा निर्वाचन आयोगको प्रतिवेदन पेश गर्दै
आर्थिक परिवेश संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८/७९ पेश गर्ने कार्यसूचि रहेको छ । संसद् सचिवालयका अनुसार आज एउटामात्रै कार्य सुची रहेको छ । ६० किलो सुन तस्करीमा छानबिन आयोग बनाउन सरकार तयार भएसँगै झण्डै एक महिनापछि हिजोबाट सदन सुचारु भएको हो ।  

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने
आर्थिक परिवेश संवाददाता

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको छ । दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका ५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो । बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हाल समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३९ करोड ४१ लाख रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड ८४ लाख रहेको छ ।

संसद चल्ने, दलहरुबीच जुट्यो सहमति
काठमाडौं, ६ भदौ २०८० ।

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको हो । संसदमा रहेका प्रमुख दलहरुबीच सुन तस्करीका सम्बन्धमा छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यही साउन २ मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलो बढी सुन तस्करीको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेपछि आयोग बन्नेछ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा…

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु
धादिङ, ६ भदौ २०८० ।

धादिङको गजुरी गाउँपालिका १, छहराबाट बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । उक्त बस दुर्घटनामा ६ जना पुरुष र दुई महिलाको मृत्यु भएको छ । बसमा कति जना यात्रु सवार थिए भन्ने हालसम्म खुलेको छैन । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ, भदौ १५ देखि भर्न पाइने
काठमाडौं, ६ भदौ २०८० ।

सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा ९० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले…