सर्वोच्चप्रति कांग्रेस सांसदको आक्रोश, भने-संसदमाथि हस्तक्षेप भयो
काठमाडौं, ७ भदौ २०८० ।नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बजेटमा आएको संसद विकास कोष सम्बन्धमा सर्वोच्च अदालतको अन्तरिम आदेशले संसदको क्षेत्राधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । घिमिरेले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बजेट गर्ने निर्माण अधिकार संसदको रहेको भन्दै सर्वोच्चले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवस्थापिकामाथि हस्तक्षेप गरेको टिप्पणी गरे । ‘सांसदहरु जनताका प्रतिनिधि हुन् । कानुन बनाउने सर्वाधिकार तिनीहरुमा निहित छ’ सांसद घिमिरेले भने, ‘बजेटको एउटा अंशलाई झिकेर त्यसको विरोध गर्ने अधिकार न न्यायपालिकालाई छ, न कार्यपालिकालाई नै ।’ संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी सर्वोच्च अदालतको आदेश आएको घिमिरेले बताए । उनले हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अलग-अलग…
सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
काठमाडौं, ७ भदौ २०८० ।अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग संवाद गरेको पाइएपछि विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा
काठमाडौं, ७ भदौ २०८० ।संसदीय समितिका सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकबाट भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय भएको हो । नेकपा एमालेका सचेतक महेश बर्तौलाले ११ गते सबै १० वटा विषयगत समितिको सभापतिहरूको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, अब प्रतिनिधिसभाका विषयगत समितिका सबै समितिले नेतृत्व पाउने कुराको सुनिश्चितता भएको छ । प्रतिनिधि सभाका १० तथा प्रतिनिधि सभा र राष्ट्रिय सभाका संयुक्त २ गरी जम्मा १२ वटा समितिका सभापति पद चयन हुन भएका छैनन । बैठकमा…
दुईदिन पछि तोकियो प्याजको मुल्य, आज कति छ ?
काठमाडौं, ७ भदौ २०८० ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि प्याजको मूल्य तोकेको छ । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णयसंगै कालिमाटी फलफुल तथा तरकारी बजारले प्याज नभित्रिएको भन्दै दुई दिनयता मूल्य सूचीबाट हटाएको थियो । आज दुई दिनपछि समितिले दैनिक मूल्य सूचीमा प्याजको मूल्य तोकेको हो । जसअनुसार आज कालीमाटी तरकारी बजारमा भारतीय सुकेको प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार ६२ रुपैयाँ प्रतिकिलो र सोमबार किलोमा १८ रुपैयाँ बढाएर मुल्य सुची राखिएको थियो । मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन ।
भिजन लुम्बिनीलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं, ७ भदौ २०८० ।भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई भदौ ५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाटको सेति नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

