चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत
काठमाडौं, ८ भदौ २०८० ।लगानी बोर्ड नेपालले चारवटा जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि लगानी स्वीकृति गरेको हो । लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ ।…
शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने
काठमाडौं, ८ भदौ २०८० ।बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवद्र्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपण्डोलस्थित वाग्मती पुलबाट बिहान ७ः०० बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुङ्गामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौँ सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै…
साइन रेसुंगा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्दै, बोलकबोल कहिले ?
आर्थिक परिवेश संवाददाताकाठमाडौं । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ । सेयर बिक्रीका लागि बैंकले शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्ने हुन्छ । एनआइसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन प्राप्त गर्न तथा बुझाउन सकिने व्यवस्था छ । न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि भदौ १७ गतेसम्म आवेदन दिन सकिन्छ । सेयर खरिदका लागि…
घट्यो प्याजको भाउ, अन्य तरकारीको मुल्य कति छ ?
काठमाडौं, ८भदौ २०८० ।शुक्रबार कालिमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजानिक गरेको मुल्य सुची अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रति किलो ७८ रुपैयाँ र न्युनतम मूल्य प्रति किलो ७३ रुपैयाँ कायम गरिएको छ । बिहीबार प्याजको न्युनतम मूल्य प्रति किलो ७५ रुपैयाँ र अधिकतम मूल्य प्रति किलो ८० रुपैयाँ कायम गरिएको थियो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसंगै कालिमाटी फलफुल तथा तरकारी बजारमा प्याज भित्रिएको थिएन । जसका कारण कालिमाटीमा केही दिन प्याज नभित्रिदाँ मंगलबार र बुधबार भने प्याजको भाउ तोकिएको थिएन । त्यस्तै शुक्रबार…
दोहोरो अंकले घट्यो नेप्से सुचक
काठमाडौं, ७ भदौ २०८० ।साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर २ हजार १३.९३ विन्दुमा बन्द भएको हो । बिहीबार २७५ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ५५ करोड ५ लाख बराबरको सेयर किनबेच भएको छ । आज कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । त्यस्तै मैलुङ हाइड्रोपावर कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने प्रतिशतका आधारमा सर्वाधिक घटेको छ । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै कारोबारका आधारमा सोल्टी…

