सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं, १० भदौ २०८० ।

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ । कम्पनीको सेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम…

नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य
काठमाडौं, ८ भदौ २०८० ।

आइसीसी महिला टी २० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । त्यस्तै ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन । ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका…

आन्तरिक ऋण उठाउन १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं, ८ भदौ २०८० ।

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
आर्थिक परिवेश संवाददाता

अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन । क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याण्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले विश्व वातावरण कोषको साधारणसभालाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत भाग वनका रुपमा संरक्षण गरी स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको र त्यसको नतिजास्वरुप बाघ तथा गैंडाको संख्या उल्लेख्यरूपमा वृद्धि भएको बताए । नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने…

महिला टी–२० सिरिज : मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
काठमाडौं, ८ भदौ २०८० ।

महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ । चार देश सम्मिलित यस खेलमा नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो । मलेसियाविरुद्धको खेलमा टस हारेपछि नेपाल अहिले ब्याटिङ गरिरहेको छ । नेपालले केहीबेर अघिको खेलमा चार दशमलव चार ओभर खेल्दै एक…