भदौ १९ देखि आइपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा
काठमाडौं, १० भदौ २०८० ।काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गर्न लागेको हो ।…
धेरै बैंकिङ प्रोडक्टबारे बैंकरलाई नै थाहा छैन् : गभर्नर अधिकारी
काठमाडौं, १० भदौ २०८० ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभई व्यवसायी र बैंकरलाई पनि रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले बैंकका धेरै पोड्क्टबारे व्यवसायी साथै स्वयं बैंकरलाई समेत जानकारी नभएको बताए । बैंकले प्रदान गर्ने सेवा तथा प्रोडक्टबारे सही जानकारी भए मात्रै सही छनोट र निर्णय गर्न सकिने भन्दै गर्भनर अधिकारीको भनाई छ । उनले पछिल्लो समय बैंकिङ सेवामा डिजिटल कारोबार बढेर गएको भन्दै वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई बढाउन आवश्यक रहेको बताए । गभर्नर अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि हस्ताक्षर गरेको नोट फ्रेममा सिमित भएमा खुसी हुने बताएका…
गौर हत्याकाण्डको छानबिन नरोकिने गृहमन्त्री श्रेष्ठको प्रष्टोक्ति, गिरीबन्धु टि स्टेटको अनुसन्धान पनि जारी
काठमाडौं, १० भदौ २०८० ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार नै छानबिन गरी दोपीलाई कारबाही गरिने प्रस्ट पारे । सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमती अनुसार छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । त्यस्तै गिरीबन्धु टि स्टेट प्रकरणका सम्बन्धमा पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले सरकार देशमा कानुनी शासन स्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सुशासनमार्फत देशलाई समृद्ध…
संसदीय समितिको सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी
काठमाडौं, १० भदौ २०८० ।काठमाडौँ । संसदीय समितिको सभापतिमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । संसदको १० वटा विषयगत समितिमध्ये दुई वटामा सापकोटा र सुवेदीलाई सभापति बनाउने भएको हो । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटालाई पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । सभापतिको मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे समय तोकिएको छ ।
राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने
काठमाडौं, १० भदौ २०८० ।नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बिक्री गर्न लागेको हो । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। बोलकबोल प्रक्रियाबाट…

