धेरै बैंकिङ प्रोडक्टबारे बैंकरलाई नै थाहा छैन् : गभर्नर अधिकारी

काठमाडौं, १० भदौ २०८० ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारण मात्रै नभई व्यवसायी र बैंकरलाई पनि रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले बैंकका धेरै पोड्क्टबारे व्यवसायी साथै स्वयं बैंकरलाई समेत जानकारी नभएको बताए ।

बैंकले प्रदान गर्ने सेवा तथा प्रोडक्टबारे सही जानकारी भए मात्रै सही छनोट र निर्णय गर्न सकिने भन्दै गर्भनर अधिकारीको भनाई छ । उनले पछिल्लो समय बैंकिङ सेवामा डिजिटल कारोबार बढेर गएको भन्दै वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई बढाउन आवश्यक रहेको बताए ।

गभर्नर अधिकारीले आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि हस्ताक्षर गरेको नोट फ्रेममा सिमित भएमा खुसी हुने बताएका छन ।  मेरो कामना के छ भने मैले साइन गरेको नोट फ्रेममा रहोस ।’ उनले भने, ‘ हाम्रो कारोबार र कारोबारको सेटमेन्ट डिजिटल होस् ।’ गभर्नर अधिकारीले दुई तिहाई नेपाली नागरिकले मोबाइल बैंकिङ प्रयोग गरिरहेको भन्दै खुसी व्यक्त समेत गरे ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो ५/७ वर्ष यता वित्तीय साक्षरता बढेको जानकारी दिँदै गर्भनर अधिकारी र राष्ट्रबैंकको पहलको कारण क्युआर र डिजिटल प्रविधिको प्रयोग उहारणीय रुपमा बढ्दै गएको धारणा राखे । वित्तिय साक्षरताको कमीका कारण पछिल्लो समय बैंकिङ क्षेत्रमाथि हमला भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रका विषयमा उद्योगी व्यवसायी तथा बैंकर बीचमा भएका नकारात्मक टिप्पणीको प्रतिवाद गर्दै आएको धारणा राखे । उनले पछिल्लो समय उद्योगी व्यवसायीको कन्फिडेन्स लुज भएको भन्दै सरकार राष्ट्र बैंकले कन्फिडेन्स बढाउन भुमिका खेल्नु पर्ने धारणा राखे । आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनले आवश्यक रहेको बताए ।

त्यस्तै लघुवित्त बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामबहादुर यादवले लघुवित्तलगायत बैंकिङ क्षेत्रमा नकारात्मक धारणा पैदा हुनुमा राजनितीक कारण भएको टिप्पणी गरे । राजनितीक दलका माथिल्लो तहका ब्यक्तिहरुलाई नै वित्तीया साक्षरता दिनु पर्ने उनको भनाई थियो ।

मा प्रकाशित