भुटानको ड्रुक एयरले पोखरा उडान भर्ने
पोखरा, ११ भदौ २०८० ।भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ड्रुक एयरको न्यारोबडी जहाजले चार्टर्ड उडान भर्ने जानकारी दिए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको आश्वासन दिएको प्राधिकरण जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।
सर्वोच्चमा अब स्वचालित पेशी तारिख : प्रधानन्यायाधीश श्रेष्ठले गरे शुभारम्भ
काठमाडौं, ११ भदौ २०८० ।सर्वोच्च अदालतमा स्वचालित पेशी तारिख प्रणालीको शुरुवात भएको छ । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित प्रणालीको शुरूवातसँगै अदालतमा सुशासन कायम गर्न मद्दत पुग्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । ‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरी मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिख र हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ’ उनले भने, ‘त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन । प्रविधिमा आवद्ध भएको हुनाले यसले सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’ अदालतमा स्वचालित पेशी तारेख प्रणाली…
सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने
काठमाडौं, ११ भदौ २०८० ।हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार…
चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब उत्पादनमूलक उद्योगले ४ करोडसम्म पाउने (पूर्णपाठ)
काठमाडौं, ११ भदौ २०८० ।काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उत्पादनमुलक उद्योगले ३ करोडसम्मको चालुपूँजी कर्जा प्रयोग गर्दा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ । संशोधित मार्गदर्शन अनुसार अब उत्पादनमूलक उद्योगले अधिकतम ४ करोडसम्म चालु पुँजी कर्जा पाउने भएका छन । राष्ट्र बैंकले उत्पादनमुलक उद्योगलाई ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था गरेको हाे । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने…
आइसिटी फोरम गठन : प्रधानमन्त्री प्रचण्डले रिमोट थिचेर गरे उद्घाटन
काठमाडौं, १० भदौ २०८० ।नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्रको पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको हो । फोरमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हल्लाका भरमा संगठन गठन गर्ने कार्यलाई निरुत्साही गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो सङ्गठन गठन गरिएको बताए । अहिलेको युग सुचना प्रविधिको युग भएको भन्दै अध्यक्ष प्रचण्डले आइसिटी फोरमको माध्यमबाट सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने धारणा राखे…

