भुटानको ड्रुक एयरले पोखरा उडान भर्ने

पोखरा, ११ भदौ २०८० ।

भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ड्रुक एयरको न्यारोबडी जहाजले चार्टर्ड उडान भर्ने जानकारी दिए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको आश्वासन दिएको प्राधिकरण जनाएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

मा प्रकाशित