संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं, १२ भदौ २०८० ।मंगलबार आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ । बैठकमा प्रधानमन्त्रीलाई बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन । सांसदहरुलाई समुह समुहमा विभाजन गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिएको छ । जस अनुसार आज दोस्रो समुहमा रहेका सांसदहरुले प्रश्न सोध्ने भएका हुन । उक्त प्रश्नको प्रधानमन्त्रीले आज नै प्रश्नहरुको जवाफ दिने छन । बैठक बिहान ११ बजे बोलाइएको छ ।
इराकमा ३०० जनाभन्दा बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
काठमाडौं, १२ भदौ २०८० ।सन २०१६ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा इराकले तीन जनलाई मृत्युदण्डको सजाय दिएको छ । बगदादमा भएको सो बक विस्फोटमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटना सन २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछिको सबैभन्दा घातक विस्फोट थियो । इस्लामिक स्टेट (आईएस) ले सो घटनाको जिम्मेवारी लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम भने खुलाएको छैन । कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नलाई उचित कारवाही गरिएको जनाएको छ । समाचार एजेन्सी एएफपीका अनुसार मृत्युदण्ड दिइएका मध्येमा घटनाका मुख्य योजनाकार मानिएका गजवान अल जवाई पनि रहेका छन । उनीलाई सन २०२१ मा…
निर्वाचनको नौ महिनापछि संसदीय समितिले पाए सभापति : सबैले लिए सपथ
काठमाडौं, ११ भदौ २०८० ।प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् । सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका…
भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
काठमाडौं, ११ भदौ २०८० ।प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा…
कतार एयरवेजबाट पाकिस्तान उडे सन्दिप, भने – म खेल्न रेडी छु
काठमाडौं, ११ भदौ २०८० ।एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ लागेका छन् । सोमबार बिहान ११ः२० बजे सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका हुन । पाकिस्तानतर्फ उड्नुअघि क्रिकेटर लामिछानले प्रतियोगिताका लागि आफू तयार रहेको बताएका छन । उनले आफूहरुले एसियाकपमा एकदमै राम्रो खेल्ने प्रतिक्रिया दिएका छन् । ‘एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्वजस्तै हो ।’ उनले भने, ‘म खेल्नका लागि फिट छु, रेडी छु ।’ गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ ।…

