इराकमा ३०० जनाभन्दा बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

काठमाडौं, १२ भदौ २०८० ।

सन २०१६ मा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा इराकले तीन जनलाई मृत्युदण्डको सजाय दिएको छ । बगदादमा भएको सो बक विस्फोटमा ३ सयभन्दा बढीको मृत्यु भएको थियो ।

उक्त घटना सन २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछिको सबैभन्दा घातक विस्फोट थियो । इस्लामिक स्टेट (आईएस) ले सो घटनाको जिम्मेवारी लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम भने खुलाएको छैन । कार्यालयले पीडित परिवारलाई बम आक्रमणमा संलग्नलाई उचित कारवाही गरिएको जनाएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार मृत्युदण्ड दिइएका मध्येमा घटनाका मुख्य योजनाकार मानिएका गजवान अल जवाई पनि रहेका छन । उनीलाई सन २०२१ मा पक्राउ गरी इराक ल्याइएको थियो ।

सन २०१६ को जुलाई ३ मा इराकको राजधानीमा शिया मुस्लिम बाहुल्य रहेको काराडास्थित व्यापारिक भवन नजिक एउटा गाडीमा बम राखेर विस्फोट गराइएको थियो ।

मा प्रकाशित