कतार एयरवेजबाट पाकिस्तान उडे सन्दिप, भने – म खेल्न रेडी छु

काठमाडौं, ११ भदौ २०८० ।

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने पाकिस्तानतर्फ लागेका छन् । सोमबार बिहान ११ः२० बजे सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका हुन ।

पाकिस्तानतर्फ उड्नुअघि क्रिकेटर लामिछानले प्रतियोगिताका लागि आफू तयार रहेको बताएका छन । उनले आफूहरुले एसियाकपमा एकदमै राम्रो खेल्ने प्रतिक्रिया दिएका छन् । ‘एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्वजस्तै हो ।’ उनले भने, ‘म खेल्नका लागि फिट छु, रेडी छु ।’

गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

मा प्रकाशित