भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
काठमाडौं, १२ भदौ २०८० ।

सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । लामो समयदेखि विद्युत विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन। सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । ऊर्जामन्त्री…

स्थानीय तहको पैसा बैंकको निक्षेपमा आए कर्जा लगानी बढ्छ : बैंकर्सं संघ
आर्थिक परिवेश संवाददाता

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि कर्जा लगानी हुन समस्या परेको बैंकर संघले उल्लेख गरेको छ । संघले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिल केसीले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ भनेर ढुक्क भएर लगानी गर्ने अवस्था स्थिति नरहेको उल्लेख गरे । ‘हामीले निक्षेपको ब्याजदर निर्धारणमा सहमति हटाएकै समयमा सरकारले पनि स्थानीय तहको कोषमा रहेको रकम निक्षेपमा गणना गर्ने व्यवस्था हटायो । जसले गर्दा तरलता व्यवस्थापनमा समस्या पर्यो ।’ अध्यक्ष केसीले भने । अहिले स्थानीय तहको कोषमा ९० अर्ब हाराहारी रकम रहेको छ । कम्तीमा यो रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने सुविधा…

नौमुर जलविद्युत आयोजनाको ८२ प्रतिशत रकम फ्रिज
अर्घाखाँची, १२ भदौ २०८० ।

लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९/८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । चालु खर्चतर्फ रु एक करोड ८५…

नेपाल एयरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं, १२ भदौ २०८० ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं ल्याएका हङकङ जाने यात्रु ११ बजेको उडानमा र दिल्ली जाने यात्रु दिउँसो १ बजे निगमकै कनेक्टिङ उडानमामार्फत गन्तव्यतर्फ पठाइनेछ । यसका लागि भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार…

एसियाकप क्रिकेट : नेपालले भोलि पाकिस्तानको सामना गर्दै
आर्थिक परिवेश संवाददाता

पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पाकिस्तानको सामना गर्नेछ । नेपाली टीमले एसिया कपको पहिलो खेल भोलि मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको छ । पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप…