त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले एकैसाथ मागे सरुवा
काठमाडौं, १३ भदौ २०८० ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ कर्मचारीहरूले एकैसाथ सामहिक राजीनामा माग गरेका छन् । भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै ३५ अधिकृतसहितका कर्मचारीले सरुवा मागेका हुन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवामाग गरिएको कर्मचारीले निवदेनमा उल्लेख गरेका छन् । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ निवेदनमा भनिएको छ । ‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार…

माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक
काठमाडौं, १३ भदौ २०८० ।

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार विहान (भदौ १३ गते) बसेको संचालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्तावसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

एमालेका शीर्ष नेता चढेको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता
काठमाडौं, १३ भदौ २०८० ।

नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ । सिरहा हुने सचिवालय बैठकका अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता उक्त विमानमार्फज जनकपुर जाँदै थिए । उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।

गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ २०८० ।

पाल्पाको रिब्दीकोटमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कार्पियोमाथि पहिरोसँगै ढुंगा खसेको हो । स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । स्कार्पियोमा सबार ८ जनालाई उद्धार गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

एसिया कप आजदेखि, उद्घाटनमा नेपालले पाकिस्तानको सामना गर्दै
काठमाडौं, १३ भदौ २०८० ।

एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । पाकिस्तानको मुल्तानमा अपराह्न ३ बजे एसिया कपको उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । नेपाल भने वरीयतामा १५ औँ स्थानमा छ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको झण्डै ३ दशकपछिको पहिलो एसिया कपमा नेपालले पहिलो सहभागितामै भारत र पाकिस्तान जस्ता बलिया टोलीको सामना गर्ने अवसर पाएको छ । पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत…