सन नेपाल लाइफको आईपीओ बाँडफाँट
आर्थिक परिवेश संवाददातासन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २३९ रुपैयाँमा साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार यस आईपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथामा सहभागी गराएर…
सर्वसाधारणलाई सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुला
काठमाडौं, १५ भदौ २०८० ।सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै,…
अब ट्वीटरमा अडियो र भिडियो कल गर्न सकिने
आर्थिक परिवेश संवाददाताएलन मस्कले ट्वीटर (एक्स) मा अडियो र भिडियो कल गर्न मिल्ने सुविधा थप्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । ट्वीटरका प्रमुख मस्कले ट्वीटरमा लेख्दै फोन नम्बर नै आवश्यक नपर्ने गरी यस्तो सुविधा प्राप्त हुने जनाएका छन् । जुन विशेषता विशेष रहेको समेत उनले जनाएका छन् । ट्वीटरलाई परिवर्तन गरेर एक्सका रुपमा यसमा काम गरिरहँदा मस्कले नयाँ नयाँ सुविधाहरू पनि थप्दै लगिरहेका छन्। टेक्स्ड बेस्ट सामाजिक सञ्जालका रुपमा चिनिएको माध्यमलाई व्यापक बनाउँदै मस्कले अडियो भिडियो कल गर्न मिल्ने अवस्थासम्म लग्न लागेका हुन्। त्यसका लागि आवश्यक तयारी र परीक्षणहरू भइसकेको छ । ट्वीटर डीएम फिडको दाहिनेतिर माथिल्लो भागमा दिइने कल संकेतमा…
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं, १४ भदौ २०८० ।नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन । चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा चुच्चे नक्सा हटाएकोमा विरोध जनाउदै चीन भ्रमणमा नजाने निर्णय गरेका हुन । मेयर बालेन शाहले सामाजिक सञ्चालमा एक स्टाटस लेख्दै भनेका छन् ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ चीनको निमन्त्रणामा मेयर साह ५…
यी १५ स्थानमा एसिया कप निशुल्क हेर्न पाइने
काठमाडौं, १३ भदौ २०८० ।इन्टरनेट सेवा प्रदायक वल्डलिंकले देशका विभिन्न १५ स्थानमा एसिया कपमा नेपालका खेलहरु निशुल्क देखाउने भएको छ । क्रिकेट संघ क्यानको कनेक्टिभिटी पार्टनरको रुपमा रहेको वल्र्डलिंकले १५ स्थानमा निशुल्क रुपमा खेल देखाउने तयारी गरेको हो । वल्डलिंकका अनुसार आज भदौ १३ गते नेपाल र पाकिस्तानबीचको खेल तथा भदौ १८ गते नेपाल र भारतबीचको खेल देखाइने छ । वल्डलिंकले विर्तामोडमा हनुमान कम्प्लेक्स, दमकमा डिएमएक्स सिनेमा, विराटनगरमा सेन्ट्रल मलको छेउमा, धरानमा घोपा ट्याक्सी स्ट्यान्ड अगाडी, राजविराजमा आनन्द शाह राजदेवी कभर्ड हल, जनकपुरमा राम मन्दिर घण्टाघर, गौरमा गौर राइस मिल तथा बिरगंजमा माईस्थान मन्दिरमा खेल देखाइने छ । त्यस्तै हेटौडामा हुप्राचौर, दमौलीमा अनसन चौतारी,…

