सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी
काठमाडौ, १६ भदौ २०८० ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । काठमाडौँ महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उनले चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’

माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान सुरु, प्रचण्डले भर्चुअलमार्फत गरे उद्घाटन
आर्थिक परिवेश संवाददाता

सत्तारुढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अभियानको उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे । दिउँसो १ बजेबाट औपचारिक रुपमा शुरु गरिएको अभियानमा सबै शीर्ष नेताहरू वडावडामा पुगेका थिए । प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा सरिक भए । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय…

राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने
काठमाडौं, १५ भदौ २०८० ।

अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो । कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर गर्न लागेको हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई शो मा मुख्य विषयवस्तु बनाइनेछ । शो मा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन भने जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन । कार्यक्रममा तीन दशक लामो अभिनय यात्रामा कैंयन पटक किसानको भूमिकामा देखिएको बताएका हमालले अब…

विगत ८ वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा
काठमाडौं, १५ भदौ २०८० ।

विगत आठ बर्षदेखि बन्द नेपाल – चीन बीचको महत्वपूर्ण तातोपानी नाका आजबाट मानव आवतजवतका लागि खुला गरिएको छ । ७२ सालको महाभुकम्प, भोटेकोशी बाढीपछि बन्द प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबार विहानबाट स्थानीयका लागि आवतजावत खोलिएको हो । नाकासंचालनको दिन आज विहान भएको एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा लगायत चीनिया दुतावासका अधिकारीहरु तातोपानी मितेरी पुल पुगेका थिए । पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । यसअघि आयातनिर्यात पटक-पटक खुल्दै र बन्द…

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा
काठमाडौं, १५ भदौ २०८० ।

कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ । रिटको सुनुवाइ सर्वोच्चका अनुसार इजालस न‍ं‍ – १ को ग पेशी तोकिएको हो। कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत…