विगत आठ बर्षदेखि बन्द नेपाल – चीन बीचको महत्वपूर्ण तातोपानी नाका आजबाट मानव आवतजवतका लागि खुला गरिएको छ । ७२ सालको महाभुकम्प, भोटेकोशी बाढीपछि बन्द प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबार विहानबाट स्थानीयका लागि आवतजावत खोलिएको हो ।
नाकासंचालनको दिन आज विहान भएको एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा लगायत चीनिया दुतावासका अधिकारीहरु तातोपानी मितेरी पुल पुगेका थिए । पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो ।
गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
यसअघि आयातनिर्यात पटक-पटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधरणका लागि भने खुलाइएको थिएन ।