सुनको मुल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौ, १७ भदौ २०८० ।

साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ भने प्रति तोला १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।  

डिम्याट नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने
काठमाडौ, १७ भदौ २०८० ।

डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका छन् । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने निर्णय कार्यान्वयनमा लगेसँगै लगानीकर्ताले आईपीओ भर्न नपाउने भएका हुन् । सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको २०८० भाद्र १५ गते देखि मेरो शेयर समेत रोक्का राख्ने यसअघि नै जानकारी दिएको थियो । मेरो शेयर रोक्का भएसंगै अब लगानीकर्ताले आईपीओ वा हकप्रदमा आवेदन दिन डिम्याट खाता पनि अनिवार्य नविकरण गर्नु पर्नेछ । यसअघि दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले डिम्याट खाता नविकरण नगरि मेरो शेयर मात्रै नविकरण गर्दै आएका थिए । त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको…

बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते
काठमाडौ, १७ भदौ २०८० ।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते सबैलाई वीर अस्पताल लगिएको प्रहरीले बताएको छ । पेप्सिकोलास्थित सडकमा गुडिरहेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, बागमती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना आज बिहान करिब ८ बजेतिर भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

एसिया कप : वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो, अंक बाँडियो
काठमाडौ, १६ भदौ २०८० ।

एसिया कपको समूह चरणमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारणले रद्द भएको छ । खेलमा नतिजा नआएपछि दुवै टीमले १/१ अंक बाँडेका छन । सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका हुन् । पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचको म्याचमा विजयी टिम…

डेंगु संक्रमितको संख्या २१ हजार नाघ्यो
काठमाडौ, १६ भदौ २०८० ।

  नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म २१ हजार २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले संक्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । सुनसरीमा मात्र ११ हजार बिरामी सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा…