नेपालको शानदार ब्याटिङ, भारतलाई दियो २३१ रनको लक्ष्य
काठमाडौ, १८ भदौ २०८० ।

एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए ।  उनले ९७ बलमा ८ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का…

अब ‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनमा
काठमाडौं, १७ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको उद्घाटन गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम आरम्भ गरेका हुन् । समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाटसमेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन…

चट्याङ लागेर दिदीको मृत्यु, बहिनी घाइते
बाजुरा, १७ भदौ २०८० ।

बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छन् । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कोर्ध गाउँको थला लेकमा दुवैजना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ ।

पेप्सीकोला दुर्घटनामा दुई जनाको मृत्यु (अपडेट)
काठमाडौ, १७ भदौ २०८० ।

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरमा सवार सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको निधन भएको हो । आइतबार बिहान करिब ८ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको उपत्यका बस व्यवसाय सङ्घको बा३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो गाडी एकआपसमा ठोक्किएका थिए । दुई गाडी ठोक्किँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो । दुर्घटनामा स्कुटरमा रहेकी सशस्त्र प्रहरी…

डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न १५ दिने अल्टिमेटम
काठमाडौ, १७ भदौ २०८० ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिन भित्र तिर्न उपभोक्तालाई सूचना जारी गरेको छ । महसुल बुझाउन पटक-पटक पत्राचार गरेपनि लामो समयसम्म महसुल नतिरेपछि १५ दिनको अल्टिमेटम दिँदै प्राधिकरणले ग्राहकहरुलाई सूचना जारी गरेको हो । प्राधिकरणले आइतबार सूचना जारी गर्दै पटक-पटक वितरण केन्द्रहरुबाट बक्यौता महुसल तिर्न पत्राचार गरेको तर धेरैले हालसम्म महसुल नबुझाएको जनाएको छ । प्राधिकरणले महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियामली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।