डेडिकेटेड र ट्रंक लाइनको महसुल तिर्न १५ दिने अल्टिमेटम

काठमाडौ, १७ भदौ २०८० ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल १५ दिन भित्र तिर्न उपभोक्तालाई सूचना जारी गरेको छ । महसुल बुझाउन पटक-पटक पत्राचार गरेपनि लामो समयसम्म महसुल नतिरेपछि १५ दिनको अल्टिमेटम दिँदै प्राधिकरणले ग्राहकहरुलाई सूचना जारी गरेको हो ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै पटक-पटक वितरण केन्द्रहरुबाट बक्यौता महुसल तिर्न पत्राचार गरेको तर धेरैले हालसम्म महसुल नबुझाएको जनाएको छ ।

प्राधिकरणले महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियामली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित