सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख २३ हजार

निकासखबर संवाददाता

काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै नयाँ रेकर्ड कायम भएको । आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रह्यो भने मंगलबार पुनः २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख२२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँस दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।

 

मा प्रकाशित