एकैसाथ ५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
काठमाडौं, २० भदौ २०८० ।

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६…

अब कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने
काठमाडौ, १९ भदौ २०८० ।

प्राइभेट कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् । मंगलबार धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिक हुनासाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो । ‘साबिकमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रूपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन’ संशोधित नियमावलीमा उल्लेख छ । यसअघि पब्लिकमा रूपान्तरण भएको एक आर्थिक वर्षपछि मात्रै आईपीओ प्रक्रियामा जान पाउने व्यवस्था थियो । त्यस्तै धितोपत्र बोर्डले व्यवसाय…

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौँ उडान सुचारु गर्ने
काठमाडौ, १९ भदौ २०८० ।

भुटानको पहिलो निजी एयरलाइन्स, ‘भुटान एयरलाइन्स’ ले आगामी भदौ ३० देखि काठमाडौँ गन्तव्यमा पुनः उडान सुरु गर्ने भएको छ । उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसका अनुसार साताको चार दिन आइतबार, सोमबार, बुधबार र शनिबार उडान हुनेछ । कोभिड–१९ महामारीका कारण रोकिएको पारो–काठमाडौँका उडान पुनः सुरु हुने भएको कम्पनीले उल्लेख गरेको छ । थिम्पुमा मुख्यालय रहेको भुटान एयरलाइन्सको उडानले पारो–काठमाडौँ–नयाँदिल्लीलाई दुईतर्फीरुपमा जोड्ने छन् । “निर्धारित उडान पुनः सुचारु गनेसँगै भुटान एयरलाइन्सले कोभिड महामारीका कारण रोकिएको काठमाडौँका उडान पुनः सुचारु हुनेछ, यसमा हामी उत्साहित छौँ, महामारीको समयमा उडान रद्द वा रिरुट गर्नेजस्ता कठिन निर्णय लिनुपर्ने…

प्रधानमन्त्री प्रचण्डको भ्रमणको उपलब्धि, भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने
काठमाडौ, १९ भदौ २०८० ।

नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । मन्त्रिपरिषदले निर्णय गरेसँगै नेपाल र भारतको लगानीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गरेर बेच्न बाटो खुल्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका ्क्रममाआयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले बिजुलीलाई प्राथमिक्तामा राखेको थियो । बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित हुनु नेपाली विद्युत व्यापारका लागि निकै महत्वपूर्ण हुनेछ ।

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा पुनसँग सीआईबीले लियो बयान
काठमाडौं, १९ भदौ २०८० ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर पुनले बयान दिएको प्रहरी स्रोतले बताएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग पुनको समेत सम्पर्क भएको देखिएपछि सीआईबीले बयान लिएको हो ।राजश्व अनुसन्धान विभागले ३ साउनमा सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक सुकमा बरामद गरेको थियो । सो प्रकरणमा सुरुमा विभागले नै अनुसन्धान गरेको भएपनि १९ दिनपछि यसको अनुुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।