संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकार यथावत : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २२ भदौ २०८० ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको जानकारी दिएका छन् । शुक्रबार निजामती सेवा दिवस २०८० को अवसरमा सिंहदरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले विधेयकमा अहिलेको व्यवस्थालाई केही परिवर्तन नगरिएको प्रस्ट पारे । सङ्घीय निजामती सेवा विधेयक हिजो मात्रै मन्त्रिपरिषद् बैठकले संसद्मा पठाउने निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरुबीच सहमतिबाट उक्त विधेयक यथाशक्य छिटो पारित हुने विश्वास समेत व्यक्त गरे । उक्त कार्यक्रममा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका…
आज निजामती सेवा दिवस मनाइँदै
काठमाडौं, २२ भदौ २०८० ।आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ सरकारले शुक्रवार २० औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो । वि सं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न…
विष्णु माझीको तीज गीत ‘बलमा’
काठमाडौं, २० भदौ २०८० ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिंदै छ । तीज आउन १० दिनमात्रै बाँकी रहँदा तीजका गीतहरु बजारमा सार्वजनिक भईरहका छ्न । यसैक्रममा मीठो स्वरकी धनी विष्णु माझीको गीत बुधबार सार्वजानिक भएको छ । माझीको गीत विना तीज खल्लो लाग्न सक्छ । धेरै महिला दिदी बहिनी साथै दर्शक श्रोता उनको गीतको पर्खाइमा हुन्छन् । यसपाली पनि उनको स्वर समावेश तीज गीत बलमा (पुतलीको भट्टी १९) बुधबार साँझ युट्युबमा सार्वजनिक भएको छ । सुन्दरमणि अधिकारीको शब्द र संगित रहेको यस गीत सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
कांग्रेसका सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण
काठमाडौं, २० भदौ २०८० ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट खुकुरी हानेको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे घर भई बालाजु बस्ने सापकोलाई खुकुरीसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी जानकारी दिएको छ । टाउकोमा पछाडिको भागमा गहिरो चोट लागेका सहमहामन्त्री तथा पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।
पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप भदौ २७ गतेदेखि लगाउने तयारी
काठमाडौं, २० भदौ २०८० ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडिओ सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप खरिद गरेर ल्याएको थियो । अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले आगामी भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरूवात गर्ने…

