सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौ, १७ भदौ २०८० ।

साताको पहिलो दिन आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने प्रति तोला १० रुपैयाँले घटेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

मा प्रकाशित