गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु

पाल्पा, १३ भदौ २०८० ।

पाल्पाको रिब्दीकोटमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कार्पियोमाथि पहिरोसँगै ढुंगा खसेको हो । स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । स्कार्पियोमा सबार ८ जनालाई उद्धार गरिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मा प्रकाशित