माछापुच्छ्रे बन्यो लाभांश घोषणा गर्ने पहिलो बैंक

काठमाडौं, १३ भदौ २०८० ।

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार विहान (भदौ १३ गते) बसेको संचालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश प्रस्ताव गरेको हो ।

लाभांश प्रस्तावसँगै माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९/८० लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित