एसियाकप क्रिकेट : नेपालले भोलि पाकिस्तानको सामना गर्दै

निकासखबर संवाददाता

पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पाकिस्तानको सामना गर्नेछ । नेपाली टीमले एसिया कपको पहिलो खेल भोलि मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ ।

प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको छ ।

पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।

 

मा प्रकाशित