संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, १२ भदौ २०८० ।

मंगलबार आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ ।

बैठकमा प्रधानमन्त्रीलाई बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन । सांसदहरुलाई समुह समुहमा विभाजन गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिएको छ । जस अनुसार आज दोस्रो समुहमा रहेका सांसदहरुले प्रश्न सोध्ने भएका हुन ।

उक्त प्रश्नको प्रधानमन्त्रीले आज नै प्रश्नहरुको जवाफ दिने छन । बैठक बिहान ११ बजे बोलाइएको छ ।

मा प्रकाशित