संसदीय समितिको सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी

काठमाडौं, १० भदौ २०८० ।

काठमाडौँ । संसदीय समितिको सभापतिमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । संसदको १० वटा विषयगत समितिमध्ये दुई वटामा सापकोटा र सुवेदीलाई सभापति बनाउने भएको हो ।

सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटालाई पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

सभापतिको  मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे समय तोकिएको छ ।

मा प्रकाशित