नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाडौं, ८ भदौ २०८० ।

आइसीसी महिला टी २० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् । त्यस्तै ओपनर पुजा महतो ४ बलमा १ रन बनाउँदै एना हमिज हसिमको बलमा पहिलो ओभरको पाँचौं बलमा नै एलबीडब्ल्यु आउट हुन पुगिन । ओपनिङमा आएकी काजोलले २१ बलमा १ चौका सहित १८ रन बनाइन । दोस्रो विकेटका लागि काजोल र इन्दुले २५ रनको साझेदारी बनाए । त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाइन भने इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान ?बिना क्षेत्रीसँग ३० रनको साझेदारी गरेकी थिइन । नेपालका लागि कविता कुँवरले १, सम्झाना खड्का २ रन बनाए । कविता जोशी र बिन्दु रावल १ रनमा अविजित रहे ।

मलेसियाका लागि एना हमिजा हशीम, माहिरा इज्जती इस्मेल र नुर दनिया सुहादाले समान २–२ विकेट लिए भने एइसा इलीश फिर्दुशले १ विकेट लिइन ।

यसअघिका नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

मा प्रकाशित