ललिता निवास प्रकरण : १७ अभियुक्तलाई धरौटीमा छाड्न आदेश, कसलाई कति ?
काठमाडौं, २४ भदौ २०८० ।

काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा छाड्ने आदेश दिएको छ । न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतको आदेशसंगै यस प्रकरणमा पक्राउ परेका सबै १८ जना नै रिहा हुने भएका छन् । धरौटी रकम जम्मा गर्नेको हकमा आइतवारबाटै प्रतिवादीहरू छुट्न सक्नेछन् भने माग बमोजिमको धरौटी नगद वा सो बराबरको जेथा वा बैंकजमानत नदिए फौजदारी…

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम अर्ब माथि
काठमाडौं, २४भदौ २०८० ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक १०.२३ अंकले बढेर १ हजार ९ सय ४२.६८ विन्दुमा बन्द भएको हो । आज २७६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सुर्योदय वोमी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सुभम पावरको सेयर मुल्य ९।९९ प्रतिशत, ङादी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशत र मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक कारोबार भएको हिमाल दोलखा हाइड्रोपावर शेयरमूल्य सबैभन्दा धेरै प्रतिशत अर्थात ७.८१ प्रतिशतले घटेको छ । आज यस कम्पनीको…

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय
काठमाडौं, २२ भदौ २०८० ।

भदौ २१ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्ने सहितका १५ निर्णय गरेको छ । २०८० भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने । २. जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६-२९ सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने । ३. पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव श्री मधु प्रसाद भेटुवाल, कार्यकारी निर्देशक (प्रशासन रवित्त) पदमा सहसचिव…

लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौं, २२ भदौ २०८० ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानीको वातावरण निर्माण गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार वार्षिकोत्सव अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी समेतको अपरिहार्यता रहेको बताएका हुन् । ‘नेपालमा लगानीको वातावरण सुधार्नु मेरो पहिलो प्राथमिकता हो । हामी हाम्रो देशको समावेशी र दिगो रूपमा आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० लगायत नीजी लगानी बढाउन निरन्तर काम गर्नेछौं,’– प्रधानमन्त्री प्रचण्डले भने । संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै…

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री डा. महत
काठमाडौं, २२ भदौ २०८० ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताए । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’ प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उनको विचार र ज्ञान अथाहा थियो । उनको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’ अहिले उहाँ हुनुहुन्न,…