स्क्रब टाइफसबाट चितवनमा एक महिलाकाृ मृत्यु
चितवन ,२५ भदौ २०८० ।चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएका थिए । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि…
४४ अंकले बढ्यो सेयर बजार, २१२ कम्पनीको सेयर मूल्य बढ्दा ११ को घट्यो
काठमाडौं, १५ भदौ २०८० ।सोमबार सेयर बजार सुचक (नेप्से) ४४ अंकले बढेको छ । आज नेप्से सुचक ४४.३०अंकले बढेर १ हजार ९ सय ८६.९९ बिन्दुमा बन्द भएको हो । यसअघि आइतबार नेप्से सुचक १० अंकले बढेको थियो । आज २७८ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३ सय ९७.२४ रुपैयाँको कारोबार भएको छ । सोमबार बैंकिङ २४, विकास बैंक ८६, फाइनान्स ६०, होटल तथा पर्यटन १८६, जलविद्युत ५८, जीवन बीमा ३०४, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा २९७, अन्य १९ र व्यापार उपसमूह १०७ अंक बढेका छन् । आज थ्रिस्टार हाइड्रोपावरको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।…
सूर्योदय वोमी लघुवित्तले पौने ४७ लाख रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने
काठमाडौं, २५ भदौ २०८० ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन ९एफपीओ० निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ हजार ७३० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा लघुवित्तले ४६ लाख ७३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पतालमा भर्ना
काठमाडौं, २४ भदौ २०८० ।पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालमा भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । वीर अस्पतालको विशिष्ठ (भीआईपी) कक्षमा उपचार गराइरहेका डा.यादवलाई भेटेर मन्त्री बस्नेतले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । भेटका क्रममा मन्त्री बस्नेतले यादवलाई उपचारका बिषयमा चिन्ता नलिन आग्रह गरेका छन् । मन्त्री बस्नेतले डेंगी तथा मुटुको समस्याले वीर अस्पतालमै उपचार गराइरहेका कोशी प्रदेशका भौतिक व्यवस्था मन्त्री एकराज कार्की र खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना…
द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो
काठमाडौं, २४ भदौ २०८० ।काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम ०७९/८० को साउन मसान्तसम्म २६.१४ सकिएको आयोजना प्रमुख कमलविक्रम शाहले बताए । आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहले जानकारी दिए । उनले द्रुतमार्गलाइृ ११ वटा क्लष्टरमा बाँडेर १३ वटा निर्माण प्याकेजहरुमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा रहेको बताए । प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ ।…

