द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकियो

काठमाडौं, २४ भदौ २०८० ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणको काम ०७९/८० को साउन मसान्तसम्म २६.१४ सकिएको आयोजना प्रमुख कमलविक्रम शाहले बताए ।

आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहले जानकारी दिए ।

उनले द्रुतमार्गलाइृ ११ वटा क्लष्टरमा बाँडेर १३ वटा निर्माण प्याकेजहरुमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधीन अवस्थामा रहेको बताए । प्रमुख शाहका अनुसार आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ ।

उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया सुरु गर्नेगरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए । उनले हालसम्म निर्माणाधीन तीन वटा सुरुङ्गमार्गको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको समेत बताए ।

प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । त्यस्तै द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भाद्र १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइहेको जनाइएको छ।

त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भाद्र १ गते बोलपत्र आव्हान भएको छ।

बाराको निजगढीदेखि काठमाडौं जोड्ने द्रुतमार्ग १४ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । त्यसबेला २०८० साउन ३० गतेसम्म आयोजना निर्माण सक्ने गरी नेपाली सेनालाई व्यवस्थापनको जिम्मा दिइएपनि विभिन्न कारणले अहिले यो अवधि २०८३ को चैत मसान्तसम्म सारिएको छ ।

आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड छ । त्यसमध्ये ०७९/८० सम्म ४९।२३ अर्ब खर्च भएको प्रमुख शाहले जानकारी दिए ।

 

मा प्रकाशित